- कार्यालय प्रमुखले प्रत्यक्ष सुपरिवेक्षणमा रहेको यो शाखाको प्रमुख जिम्मेवारी निम्नानुसार रहेको छ।
- आवश्यकता अनुसार प्रदेश स्तरमा सञ्चालन हुने पशु सेवाका तालिम सम्बन्धी नीति, कार्यविधि तथा मापदण्डको मस्यौदा तयार गर्ने।
- पशुपन्छी तथा मत्स्य विकास सम्बन्धी तालिम आवश्यकता पहिचान गर्ने र पहिचान गरिएका विषयवस्तुहरुलाई वार्षिक कार्ययोजनामा समावेश गर्ने।
- पशुपन्छी तथा मत्स्य विकास सम्बन्धी तालिम सञ्चालन कार्ययोजना बनाउने ।
- पशु सेवा सम्बन्धी समय सापेक्षा विभिन्न विषयगत तालिमको पाठ्यक्रम तयारी तथा परिमार्जन सम्बन्धी प्रस्ताव तायार गरी प्राविधिक समितमा पेश गर्ने।
- पशुपन्छी तथा मत्स्य सम्बन्धी उत्पादन, स्वास्थ्य, नश्ल सुधार, असल पशुपालन अभ्यास, विमा, उत्पादन विविधीकरण, बजारीकरण लगायत सम्बन्धित विषयमा तालिम सञ्चालन गर्ने।
- तालिममा सहभागी छनोट गर्ने क्रममा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणलाई ध्यान दिने।
- कृषक, उद्ममी, सहायक तथा अधिकृतस्तरका कर्मचारीका लागि ज्ञान, सीप तथा क्षमता अभिवृद्धि सम्बन्धि तालिम सञ्चालन गर्ने।
- कर्मचारीको मनोवल अभिवृद्धि तथा प्रोत्साहनका लागि स्वदेश तथा विदेशमा सञ्चालन हुने विविध तालिम तथा कार्यशाला गोष्ठीमा सहभागी हुने र आन्तरिक छलफल राखी सो को सिकाई आदानप्रदान गर्ने।
- तालिम सामग्री तयार गर्ने।
- प्रविधि प्रसार सामग्री तयारी, प्रकाशन तथा वितरण गर्ने।
- तालिम सम्बन्धी कार्यक्रमहरु सञ्चालनका लागि अन्य सरकारी तथा गैर सरकारी संघ संस्थाहरुसँग समन्वय गर्ने।
- तालिम प्रभावकारिता अध्ययन, अनुगमन तथा मूल्याङ्कन गर्ने र सोका आधारमा विषयगत तालिमहरुको पुनरावलोकनका लागि नीतिगत पृष्ठपोषण प्रदान गर्ने।
- तालिम सञ्चालनका क्रममा पहिचान गरिएका पशुपन्छी तथा मत्स्यपालन सम्बन्धी समस्याहरुको अनुसन्धानका लागि सम्बन्धित निकायहरुसँग समन्वय गर्ने र प्राप्त नतिजाको कृषक/उद्यमीस्तरमा प्रचार प्रसार गर्ने।
- भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र स्थानीय तहका पशु सेवा शाखाहरुले सञ्चालन गर्ने तालिमको पाठ्यक्रम तथा तालिम सामग्री विकासमा सहयोग गर्ने।
- तालिमका सहभागी र तालिममा सहभागी हुन आवेदन दिने कृषक/उद्यमी तथा प्राविधिकहरूको रेकर्ड राखी सोको उचित प्रयोगका लागि पृष्ठपोषण गर्ने।
- कार्यालयबाट सम्पादन भएका कार्यक्रमको मासिक, चौमासिक, अर्धवार्षिक र बार्षिक प्रगति विवरण तयार गर्ने।
- पशुपन्छी तथा मत्स्य सम्बन्धी तालिम सञ्चालन निर्देशिका, २०७५ मा उल्लेख भए बमोजिमका अन्य कार्य गर्ने।
- वरिष्ठ तालिम अधिकृतले तोकेका अन्य कार्यहरु गर्ने गराउने।