कार्यालय प्रमुखले प्रत्यक्ष सुपरिवेक्षणमा रहेको यो फौट अन्तर्गत प्रशासन र आर्थिक प्रशासन सम्बन्धी कार्य सम्पादन गर्ने एकाइहरु रहेका छन् र तिनको प्रमुख कार्य जिम्मेवारी निम्नानुसार रहेको छ।
- कार्यालयका कर्मचारीहरुको विदा, काज सरुवा, लगायतका प्रशासनिक कार्यहरु सम्पादन गर्ने निर्णयका लागि राय साथ पेश गर्ने,
- कार्यालय निरीक्षण, पालो पहरा, सरसफाई, विद्युत खानेपानी, सवारी साधनको व्यवस्था आदि कार्यहरु गर्ने गराउने।
- कार्यालयका कर्मचारीहरुको कार्यसम्पादन मुल्याङ्कन सम्बन्धी सम्पुर्ण कार्य सम्पन्न गर्न संयोजन गर्ने।
- कार्यालय प्रमुखलाई सामान्य प्रशासन सम्बन्धी कार्यको निर्णयमा राय प्रतिकृया दिने सम्बन्धि कार्य गर्ने।
- कार्यालयको जिन्सी तथा पूँजिगत सम्पत्तिको, अभिलेख, संरक्षण, सम्बर्धन र सदुपयोग सम्बन्धि कार्य सम्पादन गर्ने।
- कार्यालयको आर्थिक प्रशासन तथा व्यवस्थापन सम्बन्धि कार्य गर्ने।
- आयोजना र कार्यक्रमहरुको आवधिक विवरण तथा फाँटबारीहरु तयारी सम्बन्धि कार्य गर्ने।
- कार्यालयबाट सञ्चालन हुने आयोजना तथा कार्यक्रमहरुको साधारण तथा पुर्जिगत बजेट तयारी कममा योजना शाखासँग समन्वय सम्वन्धि कार्य गर्ने।
- जिल्ला स्थित प्रदेश लेखा नियन्त्रकको कार्यालयको ईकाईबाट चालु र पुँजीगत बजेट निकासा लिने, आर्थिक कारोवार गर्ने, श्रेस्ता राख्ने, र नियमित रुपमा प्रतिवेदन तयारी सम्बन्धि कार्य गर्ने।
- आन्तरिक तथा अन्तिम लेखापरिक्षण सम्बन्धि कार्य गर्ने।
- महालेखापरिक्षकको कार्यालयबाट औल्याईएको बेरुजु तथा पेश्की फछपौट सम्बन्धि कार्य गर्ने।
- कार्यालय प्रमुखलाई आर्थिक प्रशासनको निर्णयमा राय प्रतिकृया दिने सम्बन्धि कार्य गर्ने।