पशुपन्छी अनुसन्धान, विकास तथा प्रशिक्षण केन्द्र पोखरा, गण्डकी प्रदेशको कार्यविवरण (TOR)
१) पशुपन्छी तथा मत्स्य अनुसन्धान, विकास, प्रविधि प्रसार तथा प्रशिक्षण सम्बन्धी नीतिगत तथा कानूनी व्यवस्थाका लागि पृष्ठपोषण सम्बन्धी कार्य गर्ने।
२) पशुपन्छी तथा मत्स्य क्षेत्रका प्रादेशिक महत्वका कार्यक्रमहरुको कार्यन्वयन विधि, प्रकृया तथा अवस्थाका सम्बन्धमा अनुसन्धान, सुधारका उपायहरु पहिचान तथा कार्यप्रभावकारिता अभिवृद्धिका लागि सिफारिस सम्बन्धी कार्य गर्ने।
३) सम्भाव्यता, उपयुक्तता र क्षमताका आधारमा पशुपन्छी तथा मत्स्य क्षेत्रका कार्यक्रम तथा आयोजना विकास गर्ने।
४) पशुजन्य उत्पादन तथा उत्पादकत्व वृद्धि, नश्ल सुधार, रोग व्यवस्थापन, आनुवंशिक स्रोत संरक्षण र दीगो विकास सम्बन्धी अनुसन्धानमुलक कार्यक्रम सञ्चालन गर्ने।
५) घाँसेवाली उत्पादन, बीउ वृद्धि तथा गुणस्तरीय पशु आहार विकासका लागि अनुसन्धान र प्राविधिक सहयोग गर्ने।
६) पशुपन्छी तथा मत्स्य मूल्य श्रृंखला विकास सम्बन्धी अनुसन्धान तथा सिफारिस गर्ने।
७) पशुपन्छी तथा मत्स्य विकास र व्यवसाय प्रवर्द्धन सम्बन्धी कार्यहरुको पहिचान, योजना तर्जुमा तथा कार्यान्वयनका लागि सरोकारवालासँग सहकार्य प्रवर्द्धन सम्बन्धी कार्य गर्ने।
८) मत्स्यपालनका लागि प्राकृतिक जलाशय तथा जलस्रोतको सर्वेक्षण गर्ने तथा जलीय जैविक विविधताको संरक्षण र प्रवर्द्धन सम्बन्धी कार्यक्रम तथा आयोजनाहरुको पहिचान गर्ने।
९) नेपाल कृषि अनुसन्धान परिषद्, विश्वविद्यालयहरु र पशुपन्छी तथा मत्स्य सम्बन्धी अन्य अनुसन्धान तथा विकास कार्यमा संलग्न संघसंस्थाहरुसँग समन्वय गर्ने।
१०) नवीनतम प्रविधि परीक्षण तथा सफल प्रविधिको प्रसार तथा अनुसरण प्रवर्द्धन गर्ने।
११) महामारीजन्य तथा प्राथमिकता प्राप्त रोगहरूको निगरानी, रोग नियन्त्रण, खोपको प्रभावकारिता मूल्याङ्कन र रोग उन्मूलन कार्यक्रम सञ्चालनका लागि मन्त्रालयसँगको समन्वयमा जिल्लास्थित कार्यालयहरुलाई सहजीकरण गर्ने।
12) जुनोटिक रोग तथा प्रतिजैविक प्रतिरोध सम्बन्धी अनुसन्धानमूलक कार्य तथा जनचेतना अभिवृद्धिका साथै एक स्वास्थ्य रणनीति कार्यान्वयनका लागि सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्य गर्ने।
13) पशु कल्याण प्रवर्द्धन सम्बन्धी कार्य गर्ने।
14) पशु रोग नियन्त्रण र पशुपन्छीजन्य उत्पादन तथा उत्पादकत्व वृद्धिकालागि खोप, औषधि, बीउ, नश्ल र सोसँग सम्बन्धित सामग्री आपूर्ति व्यवस्थापन सम्बन्धी कार्य गर्ने।
15) प्रदेशस्तरीय खोप बैङ्क सञ्चालन गर्ने।
16) जिल्लागत खोप आवश्यकता पहिचान तथा खोप वितरण व्यवस्थापन गर्ने।
17) वितरित खोपको संचय अवस्था तथा प्रयोगको अनुगमन गर्ने।
18) खोपको प्रभावकारीता अध्ययन सहजीकरण गर्ने।
19) कृषकस्तर, पशुपन्छी तथा मत्स्य सेवाका प्राविधिक तथा अधिकृतस्तरका कर्मचारीहरुको तालिम आवश्यकता पहिचान सम्बन्धी कार्य गर्ने।
20) तालिम पाठ्यक्रम तर्जुमा तथा समय सापेक्ष परिमार्जन गर्ने।
21) विषयगत तालिम अनुसार आवश्यक तालिम सामग्रीहरु विकास गर्ने।
22) प्रदेशस्तरमा विषय विज्ञता अनुसार प्रशिक्षक रोष्टर तयारी तथा अध्यावधिक सम्बन्धी कार्य गर्ने।
23) कृषक, उद्यमी, सहायक तथा अधिकृतस्तरका कर्मचारीहरुका लागि ज्ञान, सीप तथा क्षमता अभिवृद्धि सम्बन्धी तालिम सञ्चालन गर्ने।
24) प्राविधिक कर्मचारीहरुको दक्षता अभिवृद्धिका लागि स्वदेश तथा विदेशमा सञ्चालन हुने विषयगत तालिम, कार्यशाला, सभा, सम्मेलनहरुमा सहभागीता सम्बन्धी कार्य गर्ने।
25) आवश्यकता अनुसार अन्य सरकारी, गैर सरकारी तथा अन्तराष्ट्रिय विकास साझेदार संस्थाहरुको समन्वयमा पशुपन्छी तथा मत्स्य सम्बन्धी तालिम सञ्चालन गर्ने।
26) तालिम प्रभावकारिता अध्ययन तथा मूल्याङ्कन र सोका आधारमा विषयगत तालिमहरुको सुधार तथा परिमार्जन सम्बन्धी नीतिगत पृष्ठपोषण दिने।
27) पशुपन्छी तथा मत्स्य सम्बन्धी प्रविधि प्रसार सामग्री विकास, प्रकाशन तथा वितरण गर्ने।

