मनिष देवकोटा

सूचना अधिकारी

पशु सेवा तालिम केन्द्र, गण्डकी प्रदेश, पोखरामा कार्यरत मनिष देवकोटाले मत्स्य विज्ञको रुपमा मत्स्य व्यवसाय प्रबर्द्धन, किसानलाई प्राविधिक सेवा तथा परामर्श र माछाको संरक्षण जस्ता कार्यमा क्रियाशिल छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट फिसरिजमा स्नातक र क्यान थो विश्वविद्यालय भेतनामबाट एक्वाकल्चारमा स्नातकोत्तर गरेका उनले मत्स्य क्षेत्र समग्र विकास र विस्तार गर्न मत्स्य विकास र प्रसारको कार्य तथा मत्स्य क्षेत्रको उत्पादन तथा उत्पादकत्व वृद्धि, व्यवसायिकरण र क्षेत्र विस्तारमा योगदान पुराएका छन् ।